करेन्ट लागेर एक पैदलयात्रीको मृत्यु, एक घाईते
सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । करेन्ट लागेर भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पाको मृत्यु भएको हो भने बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका हुन् ।
शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाएको छ ।











