कोरोनाबाट ४ नेपाली संक्रमित
पोर्चुगलमा रहेका एक नेपाली कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएसँगै ४ जना नेपालीमा संक्रमण भएको पुष्टि भएको छ ।
फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्दै आएका नेपालीमा कोरोना संक्रमण भएको हो ।
सो नगरपालिकाका प्रमुख रोगेरियो बाकल्हउले एक नेपालीसहित त्यहाँका अन्य स्थानीयहरुमा पनि संक्रमण फैलिएको जानकारी दिएका छन् ।
तर त्यहाँको सरकारले कोरोना संक्रमित नेपालीको पहिचान भने गोप्य नै राखेको छ । नगरपालिका प्रशासनले समेत संक्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जनाएको छैन ।
विदेशमा रहेका नेपालीलाई कोरोना संक्रमण भएको पोर्चुगलको घटना तेस्रो हो ।
यसअघि अस्ट्रेलियामा रहेका १ र दुबर्ईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल चारै जना जनाको उपचार भइरहेको छ ।











