कोरोना भाईरस नेपालमा भित्रिसकेको भन्दै भ्रम फैलाउने अडियो भाईरल
कोरोना भाइरस नेपालमा भित्रिइसकेको भन्दै भ्रम फैलाउने अडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको र त्यसको संक्रमणबाट धेरैको मृत्यु भईसकेको भनेको छ ।
यस अडियोमाथि प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले जनाएको छ । उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिएका छन् ।
सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।










