कोरोनाको परीक्षण अब हेटौडाबाटै हुन्छः मन्त्री दुलाल

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार १९:२४
;

कोरोना भाइरसको परीक्षण अब हेटौंडाबाटै हुने भएको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट कोरोना भाइरसको परीक्ष्नण सुरु गरीने बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

मन्त्री दुलालका अनुसार कोरोनाको परीक्षणका लागि नमुना काठमाडौं पठाउन नपर्ने अब प्रदेश राजधानी हेटौँडाबाटै सजिलै कोरोना भाइरस परीक्षण हुने बताएका हुन् ।

हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्रको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षणको काम थालिने मन्त्री दुलालले बताए ।
उनले भने यस अघि हेटौंडाका कोरोना भाइरसको संक्रमण आशंका गरीएका विरामीहरुको नमुना काठमाडौं नै पठाउनु पर्ने बाध्यता थियो तर अब त्यो बाध्यता हटेको छ । अब हेर्टौंंडामा नै कोरोना संक्रमण आशंका गरीएका विरामीको स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि उचित व्यवस्था गरिने बताएका छन् ।

मन्त्री दुलालले यो प्रयोगशाला संचालनमा आए पछि मकवानपुरलाई मात्र नभइ प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्ने बताए । हेटौँडामा प्रयोगशाला सञ्चालन आए पछि कोरोना भाइरस संक्रमणको परिक्षण थप स्तरीय हुने बताए । 

मन्त्री दुलालका अनुसार कोरोना सङ्क्रमितलाई राख्नका लागि बागमती प्रदेश सरकारले आइसीयूसहितको ३ सय सैयाको आइसोलेसन कक्ष समेत निर्माण गरेको र सबै आइसोलेसन कक्षमा आवश्यक सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको बताए ।

प्रदेश भित्रका काठमाडौँबाहेक १२ जिल्लामा आइसोलेसन कक्ष तयार पारेको जसमा रसुवामा, चितवनको भरतपुर अस्पतालमा र गुञ्जनगरमा २०÷२०, नुवाकोटमा १०, धादिङमा ७ सैयाको आइसोलेसन कक्ष निर्माण गरीएको बताएका छन् । 

मकवानपुरमा भने आइसीयुसहितको ३५ सैयाको आइसोलेसन तयार भइसकेको र ७० सैयाको का भइरहेको जनाए । सिन्धुलीको १० सैया मध्ये ५ तयारी अवस्थामा रहेको र ५ तयारीको लागि आवश्यक काम चलिरहेको, रामेछापमा निजी क्षेत्रसँगको सहकार्यमा २० सैयाको, दोलखामा १७ सैया, सिन्धुपाल्चोकमा १७, भक्तपुरमा २१, काभ्रेमा २० सैयाको आसोलेसन तयार भइसकेको बताए ।

मन्त्री दुलालका अनुसार प्रदेशअन्तर्गतका अस्पतालहरुलाई आवश्यक स्वास्थ्य सामाग्री खरीद गरी स्वास्थ्य निर्देशनालयमार्फत पठाइसकिएको बताए । प्रदेश सरकाले कोरोना भाइरसको संक्रमण राकथाम तथा नियन्त्रणका लागि प्रदेशस्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका काम चालु अवस्थामा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*