बागमती प्रदेशका १३ जिल्लालाई कोरोना रोकथामका सामाग्री वितरण
चिनबाट ल्याइएको कोरोना भाइरस रोकथाम तथा उपचारका लागि आवश्यक सामग्री बागमती प्रदेशका १३ वटै जिल्लालाई वितरण गरीएको छ । संघिय स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामान प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य कार्यालय र अस्पतालहरुलाई वितरण गरीएको हो
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेका स्वास्थ्य व्यावस्थापन आपूर्ति केन्द्र मार्फत कोरोना भाइरस संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री १३ जिल्लाका स्वास्थ्य कार्यालय र प्रदेश मातहतका आठ वटा अस्पतालमा वितरण गरिएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौंडाका अनुसार प्रदेश राजधानी हेटौंडामा कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पीपीई लगायतका सामग्री हेटौंडामा राखिएको जनाएको छ ।
केन्द्रले जिल्लाहरुलाई गलभ्स, पीपीई गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजबल जुत्ता, इन्फ्रारेड थर्मो्िमटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, कोरोना संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु लगायतका सामग्री वितरण गरेको बताएको छ ।