प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अस्पतालमा भर्ना

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १५:२७
;

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

सल्लाहकार भट्टराईको मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल हृदय केन्द्र भर्ना गरिएको स्रोतले जनाएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार आएको जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*