थप आठ जनाले जिते कोरोना, निको हुनेको संख्या २६ पुग्यो
विराटनगर– १० स्थित कोसी अस्पतालको कोभिड– १९ उपचार केन्द्रबाट ८ जना घर फर्किएका छन् । उनीहरू ५ र ९ वैशाखमा संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए।
डिस्चार्ज हुनेमा उदयपुरका ४६, २८ र ४० वर्षीय पुरुष छन्। त्यसैगरी डिस्चार्ज हुने भारतका २२, २५, ६६, १८ वर्षको रहेको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाएको छ । उनीहरू सबै पुरुष हुन्।
अस्पतालबाट डिस्चार्ज भएका पाँचजना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका तीनजनालाई भुल्के पठाइएको बस्नेतले जानकारी दिए ।
हालसम्म विराटनगर कोभिड अस्पतालबाट २६ जना संक्रमित उपचारपछि निको भएर घर गइसकेका छन्।










