असई आफैले आफैलाई गोली हाने
काठमाडौ स्वयम्भुमा कार्यरत असईले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) महेश कार्कीले ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।
आज आईतबार विहान आफ्नो ड्युटी सकेर फर्केपछि कोठाको ढोका थुनेर आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले बताएका छन् । असई कार्कीले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।