ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि मुद्दा दायर ।

हेटौडा न्युज
२० आश्विन २०७५, शनिबार ०३:४६
;

आश्विन १९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार प्रोप्राइटर अर्थात् तत्कालीन अध्यक्ष हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमका सांसद हुन्। रौनियार पर्सा बाट निर्वाचित भएका थिए भ्रष्टाचार मुद्दा दायर भएसँगै कानुनी रुपमा उनको सांसद पद स्वतः निलम्बनमा परेको कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

पप्पु कन्स्ट्रक्सन देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको छ। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

हात परेका अधिकांश आयोजना वर्षादेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ। खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ।यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ।स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन। श्रोत–गुगलपाटी डट कम ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*