नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको चियापान आश्विन २६ मा हुने ।

हेटौडा न्युज
२० आश्विन २०७५, शनिबार ०४:२६
;

आश्विन १९ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले दशै, तिहार, नेपाल सम्बत, छट लगायतका चाडहरुको अवसर पारेर यहि असोज २६ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको नेकपाका केन्द्रिय सदस्य तथा तत्कालिन नेकपा एमाले तथा नेकपा माओबादि केन्द्रका पदाधिकारीहरुको बैैठकले शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको हो

यसैगरी जिल्लाका गाउँपालिका तथा गाउँटोल कमिटिले पनि शुभकामना आदान प्रदान गर्ने निर्णय गरिएको नेकपा मकवानपुरका नेता एबम् तत्कालिन नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्रि लम्सालले जानकारी दिनुभयो ।यसैबीच हेटौंडा १३ बनस्पतिमा यहि असोज ३० गतेबाट टोल भित्रका युवाहरुको शुभकामना फुटबल प्रतियोगिता हुने भएको बनस्पतिमा रहेका बनस्पति टोल विकास संस्था जडिबुटी टोल विकास संस्थाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो

चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा युवाहरुको खेलकुद प्रतिको लगावलाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गर्न लागिएको बनस्पति टोलविकास संस्थाका अध्यक्ष तेजकुमार स्याडतानले जाकारी दिनुभयो करिब सय परीवार बसोवास गर्ने बनस्पति टोलमा १० वटा टिमको सहभागिता रहने उहाको भनाई प्रतियोगितको विजेता तथा उपविजेतालाई पुरस्कारको पनि व्यवस्था रहेको संस्थाले जनाएको । श्रोत–गुगलपाटी डट कम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*