सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार ।

हेटौडा न्युज
२० आश्विन २०७५, शनिबार ०४:३०
;

आश्विन १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको अध्यक्षद्धय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतबार अपरान्ह सचिवालय बैठक बोलाएका हुन्

यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको

प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको उक्त प्रस्ताव स्थायी कमिटीबाट पारित गर्ने सहमति अध्यक्षद्धयबीच भएको स्रोतले जनाएको ।दुबै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको थियो

छलफलमा सचिवालय बैठकका निर्णय कार्यन्वयन गर्ने तर स्थायी कमिटी बैठक बोलाउने सहमति भएको बताइएको । श्रोत–गुगलपाटी डट कम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*