तीन नम्बर प्रदेशको स्थायी राजधानीबारे छलफल भोलिहुने ।

हेटौडा न्युज
२२ आश्विन २०७५, सोमबार ०१:१४
;

हेटौंडा,२१ असोज / तीन नम्बर प्रदेशको स्थायी राजधानी तोक्नको लागि भोलि सोमबारबाट प्रदेशसभामा औपचारिक छलफल शुरु हुने भएको छ । राजधानी सम्भाब्यता अध्ययन विशेष समितिको प्रतिवेदन भोलि सोमबार प्रदेशसभा बैठकमा पेशहुने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले बताएका छन् । प्रदेशसभामा आज आईतबार बोल्दै उनले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सोमबार प्रदेशसभामा उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको जानकारी दिएका छन् ।
गत असार २६ गते विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई विषेश समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई स्थायी राजधानीका लागि उपयुक्त हुने प्रस्ताव गरिएको थियो । राजधानीको विषयले प्रदेशसभामा प्रवेश पाउने भएपछि हेटौंडा बाहिर राजधानी लैजाने र हेटौंडामै राख्न चलखेल शुरु भएको जानकारहरुले बताएका छन् ।
यसैबीच दुई नयाँ विधेयक प्रदेशसभामा आज पेश भएको छ । भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको प्रदेशसभा सचिवालयका सचिव भरतकुमार बुढाथोकीले बताएका छन् ।  उक्त दुई  विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा आज एक दर्जन प्रदेशसभा सदस्यहरुले धारणा राखेका थिए । साथै प्रदेश खेलकुद विकास सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा सञ्चालन गर्र्र्ने व्यवस्था सम्बन्धी विधेयक  शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । प्रदेश कार्य सञ्चालन कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अर्थ तथा विकास समितिमा दफावार छलफलको लागि पठाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
    
    
        

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*