एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।

हेटौडा न्युज
२२ आश्विन २०७५, सोमबार २०:४०
;

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप जन्मकैदको माग गरेका छन् । 
हेटौंडामा आज सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले राज्यको फितलो कानूनको फाइदा उनीहरुले उठाइरहेको बताएका छन् । मकवानपुरकी एसिड पीडित बिन्दवासिनी कंसाकार, रौतहट चन्द्रनिगाहपुरकी सीमा बस्नेत सहितका एसिड पीडितहरुले आफूहरुलाई कुरुप बनाउने अपराधीहरुलाई कडा कारवाहीको माग गरेका छन् । सीमालाई एसिड प्रहार गर्ने ब्यक्ति पक्राउ परेपनि करीब ५ बर्ष अघि कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दीलिप केशरी भने अझै पक्राउ नपरेकोमा उनीहरुले आपत्ति जनाएका छन् । त्यस्तै अर्की एसिड पीडित संगिता मगरले पनि अपराधमा संलग्नहरुलाई कुनैपनि बाहनामा छुट दिन नहुने बताएकी छिन् । 
    कार्यक्रममा महिला हिंसा बिरुद्धका अभियन्ताका रुपमा रहेकी शिरिष फूँयालले अपराधीलाई सर्वश्व सहित जन्मकैदको सजायँ हुनुपर्ने धारणा व्यक्त गरेकी छिन्् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*