मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।

हेटौडा न्युज
२४ आश्विन २०७५, बुधबार ०५:२०
;

जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी निरीक्षक ध्रुब प्रसाद सिलवालको कमाण्डमा खटिएको २८ जनाको प्रहरी टोलीले गत आश्विन १८ गते देखि २२ गते सम्ममा सो वडाका बैकुण्ठका विभिन्न स्थानमा लगाईएको गाँजा खेती नष्ट गरेको हो । 
सो स्थानमा यातायात तथा सवारी साधनहरुको पहुँच नभएको प्रहरी प्रशासनको सहज पहुँचभन्दा टाढा रहेको सो स्थानमा गाँजाको अबैध खेती तथा उत्पादन हुने गरेको प्रहरीको भनाई रहेको छ । प्रहरीले गाँजा फडानीको साथै स्थानीयलाई लागु औषधको उत्पादन, बेचबिखन र दुव्र्यसनी बिरुद्ध पर्चा पम्पलेट बितरण गरी जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published.


*