तेश्रो थाहा महोत्सव आजबाट शुरु ।

हेटौडा न्युज
११ कार्तिक २०७५, आईतवार ०३:४१
;

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ । कार्तिक १० गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, परम्परागत सामग्रीहरुको साथै घरायसी प्रयोजनका सामग्रीहरुको प्रदर्शनी, मनोञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । 
महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले महोत्सवले गाऊँ तथा शहरको बीचमा पुलको काम गर्ने र गाउँका उत्पादनलाई बजारीकरणमा सघाऊ पुर्याउने हुनाले बेला बोलामा हुने महोत्सवले फाईदा पुग्ने बताएका छन् । कूल २ सय २४ स्टलहरु रहेको महोत्सवमा करीब ६ करोड रुपैयाको कारोबार हुने थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताएका छन् । 
महोत्सवमा करीब ८० कृषक समूहले आफ्ना उत्पादित वस्तुलाई प्रदर्शनमा राखिएको र उत्कृष्ट ३ जना  कृषकहरुलाई पुरष्कार तथा सम्मान गरिने कृषि संयोजक निरोज प्रधानले बताएका छन् । महोत्सव उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका कृषि सहकारी मन्त्री दाबा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, थाहानगरपालिकाका मेयर लबशेर विष्ट लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*