विद्युत प्राधिकरण लापरबाही गर्ने, सेवाग्राहीहरुले सधै जरिवाना तिर्न बाध्य ।

माघ १५ । विद्युत प्राधिकरण पालुङ्ग वितरण केन्द्रको लापरबाहीका कारण पुरै गाउँ बर्षौ देखि विद्युत महशुलमा मासिक जरिवाना तिर्न बाध्य भएको छ । नियमानुसार प्राधिकरणले विद्युत प्रसारण भएका क्षेत्रमा मासिक रुपमा विद्युत खपत महशुलका लागि मिटर रिडर खटाउनु पर्ने हुन्छ । तर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ्ग महांकालका करीब १ सय ५० घरधुरीमा गत असार देखि ९अर्थात ७ महिना देखि० प्राधिकरणबाट मिटर रिडिङ्ग गर्न कोही पुगेका छैनन् । गएको असारमा मिटर रिडिङ्ग गर्न जानु अघि पनि करीब २ बर्ष को फरकमा मिटर रिडिङ्ग गर्न पुगेको स्थानीयले बताएका छन् ।
प्राधिकरणले गरेको मिटर रिडिङ्ग अनुसार सेवाग्राहीले विद्युत महशुल बुझाउनु पर्ने हुन्छ । प्राधिकरणको नियमानुसार महशुल भुक्तानी समयमा नगरेमा मिटर रिडिङ्ग गरेको २३ औं दिनदेखि ३० औं दिन सम्म ५ प्रतिशत, ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशत, ४१ औं दिनदेखि २५ प्रतिशत र ६० औं दिन पछि पनि विद्युत महशुल नबुझाएमा बिना सूचना विद्युत लाईन काट्ने नियम उ आफैले बनाएको नियममा उल्लेख छ ।
तर मासिक रुपमा अनिबार्य गर्नुपर्ने मिटर रिडिङ्ग प्राधिकरणले नगरि दिदा बर्षौदेखि थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ्ग महांकालका स्थानीयहरु विद्युत महशुलमा थप २५ प्रतिशत भन्दा बढी जरिवाना तिर्न बाध्य भएका छन् ।
त्यतिमात्र होईन, कुनै कारणले विद्युत लाईन बिग्रदा समेत मर्मतका लागि समयमा नै प्राधिकरण नपुग्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । यसरी प्राधिकरणको कार्य नगरपालिका क्षेत्रमा यो अवस्थामा छ भने, जिल्लाका विकट क्षेत्रको अवस्था के होला ? भन्ने प्रश्न सर्वत्र उब्जिएको छ ।