सवारी दुर्घटना न्यूनिकरणका लागी चालकको स्वास्थ्य परिक्षण

हेटौडा न्युज
३ फाल्गुन २०७५, शुक्रबार ०२:४१
;

फागुन २ । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ । मकवानपुरको मनहरी ईलाका प्रहरी कार्यालयको परिसरमा सो कार्यक्रम संचालन गरिएको थियो । पछिल्लो समयमा वढ्दो सवारी दुर्घटनाको कारण मध्ये चालकहरुको आखाको दृष्टि, उच्च रक्तचाप जस्ता स्वास्थ्यका कारण पनि हुने गरेको जनाईएको छ । कार्यक्रममा ईलाका स्वास्थ्य चौकी मनहरी, सामुदायिक आँखा अस्पताल हेटौडा, स्थानीय अटो तथा ईरिक्सा ब्यबसायी संघ मनहरी तथा अन्य सरोकारवाला निकायहरुले सहकार्य गरेका थिए ।
उक्त शिविर कार्याक्रमा बस २९, ट्रक टिपर ट्यांकर ५१, म्याजिक जिपकार २३, अटो ईरिक्सा २३ तथा अन्य सवारी साधनहरुका २४ चालक तथा सहचालहरु गरी १५० जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । ट्राफिक प्रहरीले आँखा, रक्तचाप, कलर भिजन तथा अन्य चेकजाँच समेत गरेको थियो । सहभागी १५० जना चालक मध्ये ४० प्रतिशतको उच्च रक्तचाप भेटिनुका साथै ६ प्रतिशतको आँखाको कमजोरी देखिएको थियो । स्वास्थ्य जाँचका क्रममा १ जना चालकको आँखाको दृष्टि निक्कै कमजोर भेटिए पछि उनलाई सवारी साधन चलाउन निषेध गर्दै तत्काल आँखा अस्पताल रिफर गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसका साथै सवारीको ब्रेक लाईट, वाईफर, प्रेशर हर्न, अनाबश्यकरुपमा जडान गरिएका लाईटहरु जस्ता यान्त्रिक चेकजाँच, ३६५ सवारी साधनहरुका ट्राफिक जनचेतना मूलक पर्चा पम्प्लेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बीरेन्द्रकुमार ठाकुरले जनाएका छन् । 
सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ केही दिन देखि मकवानपुरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*