घरआँगन मै आज ९३ जनाले नागरिकता पाए ।

हेटौडा न्युज
२६ फाल्गुन २०७५, आईतवार ०२:३१
;

फागुन २५ । दुर्गम क्षेत्रका अशक्त र बृद्धबृद्धाहरुलाई लक्षित गरी मनहरी गाउँपालिकाले वडा नं ६ मा एकीकृत घुम्ती सेवा सञ्चालन गरेको छ । मनहरी गाउँपालिका ६ रुपाचुरीस्थित सगरमाथा प्राथमिक विद्यालयमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको हो । शनिबारको दिनमा समेत नागरिकतासहितका सेवा सुविधा उपलब्ध गराउन प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित सरोकारवालाहरु दिनभर खटिएका थिए । 
पूर्वपश्चिम राजमार्गबाट हिँडेर ३ घण्टामा पुगिने रुपाचुरी क्षेत्रमा मनहरी गाउँपालिकाको आग्रह तथा वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल विद्युत प्राधिकरण, जिल्ला निर्वाचन कार्यालय लगायतका निकायहरुले सेवा प्रदान गरेको हो । ७० बर्षीया साइलीमायाँ प्रजालाई नागरिकता हस्तान्तरण गरी सेवाको सुरुवात गर्दै प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले रुपाचुरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका मन्त्रालय तथा अन्य निकायहरुमा पहल गर्ने बताएका छन् । उनले खानेपानी समस्या समाधानसँगै आफ्नो निर्बाचन क्षेत्रभित्रका सबै विद्युतीय पोलहरुलाई बिस्थापित गरी फलामे पोल प्रतिस्थापन गर्ने योजना बनाइएको बताए । 
कार्यक्रममा प्रदेशसभाका सभासद ओमबहादुर घलानले बिकटका जनतालाई सेवा सुविधा दिने गरी स्थानीय तहहरुले कार्यक्रम बनाएकोमा खुसी व्यक्त गरेका छन् ।  सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दुर्गममा पुगेर नागरिकता दिलाउन पाउँदा खुसी लागेको बताएका थिए भनेमनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पनि जनतालाई सहजरुपमा सेवा सुविधा उपलब्ध गराउने प्रयास स्वरुप यसप्रकारको कार्यक्रम गरिएको बताएका छन् । 

शिविरका क्रममा ९३ जनाले नागरिकता पाएका थिए । उनीहरुको मतदाता नामावली सूचि समेत निर्माण गरी तस्वीर संकलन गरिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, वडा नं ६ का अध्यक्ष गोपीलाल मुक्तान, वडा नं ७ का अध्यक्ष ठाकुरराम तितुङ, वडा नं ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान, विभिन्न कार्यालयका प्रतिनिधिहरु, समाजसेवी, शिक्षक तथा अगुवाहरुको सहभागिता रहेको थियो । 
शिविरकै क्रममा मनहरी गाउँपालिकाले विद्यालयको भौतिक अबस्थाबारे अनुगमन गरेको थियो भने आगामी आर्थिक बर्षका लागि योजना तर्जुमाका सन्दर्भमा स्थानीयबासिन्दाहरुसँग छलफल समेत गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*