मकवानपुरमा एक ट्राफिक प्रहरी बराबर ९ सय सवारी

हेटौडा न्युज
११ बैशाख २०७६, बुधबार १६:५१
;

बैशाख ११ । मकवानपुरमा २०७५ साल बैशाख देखि चैत्र मसान्त सम्मको एक बर्षको अबधिमा मात्रै सवारी दुर्घटनाबाट ५१ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाबाट ४३ जना पुरष, ५ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएको बताएको छ । यस अवधिमा ६२ जना गम्भीर घाईते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पांग्रे सवारी साधन मोटरसाईकल बढी दुर्घटना भएको बताएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ । मकवानपुरमा गएको एक बर्षको अवधिमा साना ठूला गरी १ सय ३३ वटा सडक दुर्घटना भएका छन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुरसार सवारी चालकमा धैर्यताको कमी भएका कारण सवारी दुर्घटना दिनप्रतिदिन बढी रहेको बताएको छ । चालकहरुमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखामा दूर दृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताएको छ ।

""
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रत्येक महिना सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै सवारी सम्बन्धि जनचेतनाका कार्यक्रम पनि गरिरहेको जनाएको छ । तर पनि सवारी दुर्घटनाको न्युनिकरणमा सन्तोषनक सफलता पाउन कठिनाई रहेको छ । मकवानपुरमा पीच सडकमा ७६, कच्ची सडकमा ११  र कच्ची सडकमा ४ वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ""
प्रदेश ३ को राजधानी समेत भएकाले यहाँको सवारी चाप पछिल्लो समय बढ्दो रुपमा रहेको छ । दशकौ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्ग लगायत केन्द्रीय राजधानी काठमाडौंलाई जोड्ने छोटो दुरीका सडक सञ्जालले हेटौंडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौं सवारी आवतजावत गर्ने गरेका छन् । यस्ता सवारी चापको चुनौतिलाई करीब ३० जनाको ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र कुमार ठाकुरले बताएका छन् । मकवानपुरमा करीब २७ हजार सवारी साधन दैनिक गुड्ने अनुमान गरिएको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा रहेको जनशक्तिलाई आधार मान्ने हो भने एउटा ट्राफिक प्रहरीले करीब ९ सय सवारी साधनलाई निगरानी गर्नुपर्ने भएको छ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको आँखा छलेर सवारी नियम मिच्ने सवारीलाई कार्वाही गर्न जनशक्ति नै अपुग रहेको सहजै अनुमान गर्न सकिन्छ ।  
मकवानपुर प्रदेश ३ को राजधानी भएका कारण दैनिक जसो विशिष्ट, अति विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति हुने भएकाले अन्य सवारीको अलावा उनीहरुका लागि सवारी व्यवस्थापन गर्नुपर्ने चुनौति पनि ट्राफिक प्रहरीलाई नै रहेको छ । 

न्युज २४ टेलिभिजनमा प्रसारित सामग्री

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*