मकवानपुरमा आजपनि रवी लामिछानेको समर्थनमा र्याली

हेटौडा न्युज
२ भाद्र २०७६, सोमबार ०१:०५
;

पत्रकार शालिकराम पुडासैनीको चितवनमा भएको मृत्युको विषयमा सोधपुछका लागि न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासङका प्रस्तोता सन्चारकर्मी रबि लामिछाने र पत्रकार युवराज कँडेललाई गत विहिबार चितवन प्रहरी हिरासतमा लिएको बिरोधमा मकवानपुरको हेटौंडामा आजपनि युबाहरुको समूहले र्याली निकालेका छन् । र्यालीमा सहभागीले पत्रकार पुडासैनीको मृत्युमा निश्पक्ष छानबिन र दोषि उपर कानूनी कार्वाही गरी न्याय दिनु पर्ने उनीहरुको माग रहेको छ । यसै विषयमा संचारकर्मी लामिछानेलाई प्रहरीले हिराशतमा लिएको प्रति दोषि देखिए कानूनी कार्बाही होस् , अन्यथा दोषि नदेखिएमा तत्काल प्रहरी हिराशत मुक्त गरियोस् भन्दै नारा लगाएका थिए । सहभागीले नेपालको राष्ट्रिय झण्डा सहित “आइ एम विथ रबि लामिछाने“ र "जष्टिस फर पुडासैनी" लेखिएको प्ले कार्डहरु सहित र्यालीमा सहभागी भएका थिए ।
हेटौंडाको बुद्ध चौकबाट शुरु भएको र्याली सिमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । हेटौंडामा हिजो शनिबार र्यालीको आयोजना गरिएको थियो भने, भोलि सोमबार पनि दबाबमूलक र शान्तिपूर्ण र्यालीको आयोजना गरिने सो समूहका देवराज कुँवरले जानकारी दिएका छन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*