मकवानपुर प्रहरीद्वारा १ क्वीन्टल गाँजासहित पाँच पक्राउ

हेटौडा न्युज
३ भाद्र २०७६, मंगलवार २२:०९
;

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले बेग्लाबेग्लै स्थानबाट १ सय ३ केजी लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । आज हेटौंडामा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ रातोमाटे चेकपोष्टमा हेटौँडाबाट बिरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको एच आर ५१ एल ५२४१ को भारतीय कारलाई जाँच गर्दा २१ केजीे ५ सय ग्राम गाँजा सहित सो सवारीमा यात्रारत भारतीय नागरिकहरु कार चालक मुकेश सहनी, सोही स्थानका राजकुमार, भारत मोतिहारीका ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जितेन्द्रप्रसाद यादवलाई पक्राउ गरि आवश्यक कारबाही शुरु गरेको मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिएका छन् । 
पत्रकार सम्मेलन मार्फत ८१ किलो ७ सय ग्राम केजीे गाँजासहित सप्तरी जिल्लाका घुरण साहलाई पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ पलाँसेबाट पक्राउ गरिएको जनाएका छन् । प्रहरीका अनुसार पक्राउ परेका साह सो स्थानमा उक्त परिमाणको लागुऔषध गाँजा अन्यत्र लैजान आफूले बोलाएको सवारी पर्खिरहेको अवस्थामा पक्राउ गरेको बताईएको छ ।  
पक्राउ परेका उपर आगुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*