आज मंगलबार पनि हेटौंडामा रवीको समर्थनमा र्याली

पत्रकार शालिकराम पुडासैनीको चितवनमा भएको मृत्युको विषयमा सोधपुछका लागि न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासङका प्रस्तोता सन्चारकर्मी रवी लामिछाने र पत्रकार युवराज कँडेललाई गत विहिबार चितवन प्रहरी हिरासतमा लिएको बिरोधमा मकवानपुरको हेटौंडामा आजपनि युबाहरुको समूहले र्याली निकालेका छन् । र्यालीमा सहभागीले पत्रकार पुडासैनीको मृत्युमा निश्पक्ष छानबिन र दोषि उपर कानूनी कार्वाही गरी न्याय दिनु पर्ने उनीहरुको माग रहेको छ । यसै विषयमा संचारकर्मी लामिछानेलाई प्रहरीले लिएको प्रति दोषि देखिए कानूनी कार्बाही होस् , अन्यथा दोषि नदेखिएमा तत्काल प्रहरी हिराशत मुक्त गरियोसु भन्दै नारा लगाएका थिए । सहभागीले नेपालको राष्ट्रिय झण्डा सहित “आइ एम विथ रबि लामिछाने“ र "जष्टिस फर पुडासैनी " लेखिएको प्ले कार्ड बोकेका थिए ।
हेटौंडाको हुप्रा चौरबाट शुरु भएको मोटरािईकल सहितको र्याली नगर परिक्रमा गर्दै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । हेटौंडामा गत शनिबार देखि लगातार सञ्चारकर्मी शालिकराम पुडासैनीलाई न्याय तथा न्युज २४ का सञ्चारकर्मीद्वय रवी लामिछाने र युवराज कँडेलको पक्षमा र्याली, कोण सभा हुँदै आएको छ ।