नदीजन्य पदार्थ ढुवानी गर्ने ४ वटा ट्र्याक्टर प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले हिजो राति करीब ८ बजे भिमफेदी गाउँपालिका वडा नम्बर १ बाट अबैध रुपमा नदिजन्य पदार्थ ढूङ्गा लोड गर्दे गरेको अवस्थामा ना ५ त ७०४५ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिईएको जनाएको छ । त्यस्तै प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को खहरे खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ लोड गरेका ना.६ त ५३८६, ना ४ त ८०८२ र नम्बर नभएको अनटेष्ट ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाउने कार्य भएको जनाएको छ । हाल जिल्ला समन्वय समिति, मकवानपुरले असार मसान्तबाट अर्को सूचना नभए सम्म जिल्लामा नदीजन्य पदार्थ उत्खनन् गर्न निषेध गरेको छ ।