कृष्ण प्रणामी मन्दिरको नेता बानियाँद्वारा उद्घाटन

हेटौडा न्युज
७ भाद्र २०७६, शनिबार २१:२३
;

भाद्र ७ । प्रदेश ३ का प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका  मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित कृष्णप्रणामी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । 
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गिरीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता बानियाँले नेपालमा चलिआएको सबै धर्म संस्कृतिको जगेर्ना गर्नु अत्यन्तै आवश्यक भएकोले सबै धर्मसंस्कृति परम्परा जोगाउन सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् । सम्बोधनका क्रममा नेता बानियाँले मन्दिर निर्माणको बाँकी पूर्वाधार निर्माणमा पनि आफ्नो यथेष्ट सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन् । ""कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज सुवेदी, मनहरी ७ नम्बर वडाअध्यक्ष ठाकुरराम तितुङ, साविक कांग्रेस मनहरीका सभापति नारायण उप्रेती, रञ्जन कालाखेती, प्रकाश बर्तौलालगायतको सपस्थिति रहेको थियो । ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिर निर्माणका लागि प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*