द्रुतमार्गको काम साढे तीन वर्षमा सकिने लक्ष्य, डेढ लाख रुख काटिने सम्भावना

हेटौडा न्युज
११ भाद्र २०७६, बुधबार २२:५२
;

नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) साढे तीन वर्षमा सक्ने लक्ष्य लिएको छ । अन्तर्र्रािष्ट्रय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब रुपैया रहेको सेनाले जनाएको छ ।
द्रुतमार्ग ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढसम्म ७२ दशमलब ५ किलोमिटरको ४ लेनको बाटो निर्माण हुने भएको छ । पहाडी भू–भागमा २५ मिटर र समथलमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ ।
यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ । यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ ।""
हालसम्म आठ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि आउँदो भदौ १ गते मन्त्रीपरिषद् बैठकले द्रुतमार्ग निर्माणको डिपीआर स्वीकृत गरेको थियो । द्रुतमार्ग निर्माणको क्रममा एक लाख ५१ हजार रुख काटिने सम्भावना रहेको नेपाली सेनाले जनाएको छ . ।

साभार न्युज २४ टेलिभिजन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*