लागूऔषध सहित हेटौंडाका थापा पक्राऊ

हेटौडा न्युज
११ भाद्र २०७६, बुधबार २३:३४
;

हेटौंडा/इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले हिजो साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट लागूऔषध नाईट्रोभेट सहित निकेश थापालाई पक्राउ गरेको छ । प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा बीरगञ्जबाट हेटौंडा तर्फ आउँदै गरेको ना.१ज ८५२७ नम्बरको यात्रुबाहक माइक्रमे बसमा यात्रारत हेटौंडा वडा नम्बर १० का बर्ष २२ का थापालाई लागूऔषध नाईट्रोभेट ३ सय थान सहित पक्राऊ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राऊ परेका थापाले काला रङ्गको झोलामा कागजले बेरेर सो परिणामको लागू औषध ल्याएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र रु १ लाखदेखि २० लाखसम्म जरिवाना हुने जनाईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published.


*