हेटौंडाको हात्तीगौंडामा घुम्ति स्वास्थ्य शिविर

हेटौडा न्युज
१५ भाद्र २०७६, आईतवार ०२:१६
;

हेटौंडा उपमहानगरपालिका १२, हात्तीगौंडामा आज शनिबार घुम्ति स्वास्थ्य शिविर आयोजना गरिएको छ । युनिलिभर नेपालसँगको साझेदारीमा युवा सेवा समाज (युसेस) मकवानपुरद्वारा शिविरको आयोजना गरिएको हो । 
टोल विकास संस्था नगर समन्वय समितिको ब्यवस्थापनमा भएको सो स्वास्थ्य शिविरमा दाँत सम्बन्धि उपचारको साथैै महिलाहरुको पाठेघर परिक्षण गरिएको थियोे भने २३ जना महिलाले पाठेघर परिक्षण गराएका थिए । शिविरमा स्थानीय ८६ जनाले सेवा प्राप्त गरेका छन् ।

""हेटौंडा १२ का वडा अध्यक्ष ललित घलानको विशेष उपस्थितिमा सञ्चालित शिविरमा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्की, युनिलिभर नेपाल लिमिटेडका मानवीय संसाधन शाखाका अधिकृत पौरख जोशी, युसेसका अध्यक्ष बुद्धशरण लामा लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा डा. सुषमा हुज्दार, डा. आरिस करिम लगायतले सेवा प्रदान गरेका थिए । गैरसरकारी संस्था युसेसले जिल्लामा स्वास्थ्यका क्षेत्रमा कार्य गर्दै आएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*