प्रहरी प्रमुख नै गाँजा फडानीमा पुगे

हेटौडा न्युज
१६ भाद्र २०७६, सोमबार ०४:१८
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३को लावती, हाम्दुङ्गमा करिब डेढ बिगाहामा लगाइएको लागूऔषध गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश कुमार सिंह सहितको प्रहरी टोलीले करिब ५ बिगाहा जग्गामा रोप्न तयार पारिएको डेढ कठ्ठा लागूऔषध गाँजाको विरुवालाई समेत नष्ट गरेको छ ।

उत्पादन पूर्व नै बेर्ना र विरुवा नै नष्ट गरि न्युनिकरण गर्ने उद्देश्यले सो कार्य गरिएको प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताएका छन् । ""प्रहरीले स्थानीय नागरिकलाई कानूनी कारबाहीका बारेमा जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्नुका साथै घरदैलोमा पुगेर यसबारेमा जानकारी समेत दिएको छ ।

प्रहरी प्रमुख सिंहका अनुसार गाँजा खेती गर्नेलाई पनि प्रचलित कानूनले दोषि ठहर गर्छ । गाँजा लगाइएको क्षेत्रमा पुगेर जग्गा धनीका बारेमा बुझ्न खोज्दा स्थानीयले समेत जग्गा धनीको पहिचान लुकाउने गरेकाले आगामी दिनमा नापी कार्यालय, मालपोत कार्यालय समेतको सहभागितामा जग्गाको कित्ता नम्बर र जग्गा धनीको नामथर पत्ता लगाइ लागूऔषध खेती गर्नेको पहिचान गरि कारवाही गर्ने प्रहरीले जनाएको छ ।

जिल्लाको विकट क्षेत्र मानिने सो गाऊँपालिकामा गाँजा, अफिम, चरेश लगायतको खेती हुँदै आएको छ । स्थानीय नागरिकको आय आर्जनमा वैकल्पिक व्यवस्था नहुनु, भए पनि बजार नहुनु, प्रहरी प्रशासनको पहुँच नपुग्नु र तत्कालै नगद आर्जन हुने देखेर सो क्षेत्रका बासिन्दाले कानून विपरित लागू औषधको खेती गर्दै आएका छन् । गाँजा व्यापारीले खेती गर्न भन्दै रकम समेत उपलब्ध गराउने गरेको प्रहरीको दाबी रहेको छ ।""

यस वर्ष मात्रै ३ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट करीब ४ हजार केजी लागूऔषध गाँजा, बरामद गरेकोमा मकवानपुर जिल्लाबाट मात्रै करीब ३ हजार केजी लागूऔषध गाँजा बरामद भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*