सुनचाँदीका गहना चोरीमा मनहरीका तामाङ्ग पक्राऊ

हेटौडा न्युज
१७ भाद्र २०७६, मंगलवार १४:५१
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी गरिएको सुनचाँदीका गहना सहित मनहरी गाउँपालिका वडा नम्बर ३ का २० बर्षाीय आत्माराम तामाङ्गलाई पक्राउ गरेको छ । हेटौंडा वडा नम्बर ११ का उमेश कुमार मुक्तानको घरबाट गत १३ गते सुनचाँदीका गहना चोरी भएको निवेदनक आधारमा प्रहरीको खोजतलाशको क्रममा गहनासहित तामाङ्ग पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । 
प्रहरीले चोरी गरी लुकाएका बिभिन्न स्थानबाट सुनको सिक्री थान १, सुनको रिङ थान ४, सुनको फुली थान १, सुनको मंगलसुत्र थान १, सुनको तिलहरी थान १, सुनको झुम्का १ जोर, चाँदीको बाला थान २, चाँदीको सिक्री थान १, चाँदीको बाला थान १ बरामद गरेको छ । 
पक्राउ परेका उपर फौजदारी आचार संहिता २०७४ बमोजिम कार्वाही हुने जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*