हेटौंडा अस्पतालको लापरबाही, म्याद नाघेको औषधि बिरामीलाई दिईयो

हेटौडा न्युज
२० भाद्र २०७६, शुक्रबार ०१:२२
;

भाद्र १९/प्रदेश ३ सरकारले हेटौंडा अस्पतालको स्तरोन्नति गरी उत्कृष्ट सेवा दिने योजना सार्वजनिक भईरहेको बेला सो अस्पतालले बिरामीलाई म्याद नाघेको औषधि प्रयोग गरेको सार्वजनिक भएको छ । गत भाद्र १३ गते अस्पतालमा भर्ना भएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का ५५ बर्षीय मधुमेहका बिरामी विमल रेग्मीलाई ४ महिना अघि गत जेष्ठमा नै प्रयोग मिति सकिएको औषधि ५ दिनदेखि अस्पतालका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्दै आएको भेटिएको हो । बिरामीको वार्डमा खटिएका चिकित्सकले लेखिदिएको औषधि अस्पतालकै फार्मेसीबाट खरिद गरि ल्याउदा सो औषधि भेटिएको हो । वार्डमा खटिएका चिकित्सकले ल्याईएको औषधि चेकजाँच नै नगरी प्रयोग गरेको जनाईएको छ । "" 
विरामीका ल्याईएको इन्सुलिनको प्रयोग मिति सकिएको भन्ने थाहा पाएपछि बिरामीका छोरा मन्दिप रेग्मीले अस्पताल प्रशासनसँग गुनासो गर्दा गैरजिम्मेवारपूर्ण जवाफ दिएको बताएका छन् । तर म्याद सकिएको औषधिका कारण विरामी रेग्मीको शरीरमा नौला डाबरहरु देखा परेको छ भने अस्पताल भर्ना हुनुअघि उनको शरीरमा त्यस्ता डाबरहरु नदेखिएको दावी गरेका छन् ।
यस बिषयमा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले अस्पतालबाटै कमजोरी भएको स्वीकार गर्दै दोषि उपर कारबाही गर्ने बताएका छन् । औषधी ऐन २०३५ बमोजिम म्याद सकिएका औषधि बिक्रि वितरण गरेमा ५ बर्षसम्म कैद र जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसैगरी ज्यानलाई खतरा हुनसक्ने अवस्थामा १० बर्षसम्म कैद र जरिवाना हुने कानूनी व्यवस्था रहेकोछ । यस अघिपनि हेटौंडा अस्पतालमा विभिन्न समयमा लापरबाही हुने गरेको भएपनि अस्पताल प्रशासनले चासो नदेखाएको आरोप लाग्दै आएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*