सिडिओको स्वागत आज नारायणी संघमा

हेटौडा न्युज
२१ भाद्र २०७६, शनिबार ००:५०
;

नारायणी व्यवसायी संघ, नाराणयी संघ कम्पनी प्रा.लि.ले मकवानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा ३ दिन अघि सरुवा भई आएका प्रमुख जिल्ला अधिकारीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । 
स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सरकारले हाल तत्कालिन संघसंस्थाको रोक्का गरेको सम्पत्ति के गर्ने भन्ने निर्णय बाँकी रहेकाले प्रमुख जिल्लाको हैसियतले त्यका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जोशीले यातायात व्यवसायीले आफ्ना यात्रुको सुविधा, उचित व्यवहारका साथै सवारीको प्राविधिक पक्षलाई समेत ध्यान दिन जरुरी रहेको बताएका छन् । 
कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले संघले व्यावसायिकता मात्रै नहेरी जिल्लामा शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रमा समेत उल्लेख्य उपस्थिति जनाएको जानकारी गराएका छन् । करीब ४० दशक पुरानो यस संघले नै यातायात मजदुर, यात्रू लगायतको विमा शुरु गरेपछि सरकारले समेत यसप्रति चासो व्यक्त गर्दै यातायात विमा पोलिसी शुरु गरेको बताएका छन् । 
स्वागत कार्यक्रमा संघका निवर्तमान अध्यक्ष बद्री चौलागाई, महासचिव सरोजकुमार खनाल लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । स्वागत कार्यक्रम संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*