गाँजासहितको लागूपदार्थ प्रहरीले जलायो
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा बरामद गरेका र कार्वाहीका लागि दाखिला भएका लागूऔषध आगो लगाई नष्ट गरेको छ । बरामद गरि नष्ट गरिएका लागूपदार्थमा गाँजा ३ सय ९२ केजी ८ सय ५५ ग्राम, नाईट्रोभेट ६ सय ५६ थान, औषधिजन्य लागूपदार्थ १ सय २४ एम्पुल र ११ थान बोतल आगो लगाई नष्ट गरेको छ । प्रहरीले आज सरोकारवाला निकायको रोहबरमा भीमफेदी गाऊँपालिका वडा नम्बर–१ स्थित खोला किनारमा सो लागूऔषध नष्ट गरिएको हो ।
लागूऔषध नष्ट गर्ने क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका नायबसुब्बा मदनकुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, रमिला सापकोटा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।