जेसिबीलाई एकलाख रुपैयाँ जरिवाना

हेटौडा न्युज
३१ भाद्र २०७६, मंगलवार ०१:४२
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को खहरे खोलाबाट नियन्त्रणमा लिएको जेसिबीलाई एक लाख रुपैया जरिवाना गरी छाडिएको छ । प्रहरीका अनुसार गत भाद्र २२ गते राति करीब १० बजे अबैध रुपमा नदिजन्य पदार्थ खहरे खोलामा उत्खनन् गरिरहेको अवस्थामा सवारी नम्बर नभएको अनटेष्ट जेसिबी नियन्त्रणमा लिएको थियो । प्रहरी कार्यालयले आवश्यक कार्वाहीका लागि जिल्ला समन्वय समितिमा बुझाएकोमा समितिले आज सोमबार एकलाख रुपैया जरिवाना गरी छाडिएको जनाईएको छ ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*