मेयर महतद्वारा विश्वकर्मा मन्दिरको अनावरण
हेटौंडा वडा नम्बर–११, थानाभ¥याङ्गमा निर्माण गरिएको विश्वकर्मा बाबाको मन्दिरको आज एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अनावरण गरेका छन् । नारायणी यातायात व्यवसायी संघ (नारायणी संघ कम्पनी प्रा.लि.) द्वारा स्थायी रुपको मन्दिर निर्माण गरिएको हो । सो अनावरण कार्यक्रममा मेयर महतले सबैको धर्म र आस्थालाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । मन्दिर हेटौंडा वडा नम्बर–११ स्थित तौलपुल रहेको भवन परिसरमा रहेको छ ।
कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, सामुदायिक सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष शालिकराम पुडासैनी, संघका महासचिव सरोज खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो । मन्दिर निर्माणमा प्रयोग भएको सामग्रीहरुको केही बिल, रसिद संकलन बाँकी रहेकोले लागत रकम केही दिनमा सार्वजनिक गरिने बताईएको छ । प्रत्येक बर्षको आश्विन १ गतेका दिन विश्वकर्मा बाबाको पूजा अर्चना गर्नुका साथै सवारी साधन, मेशिनरी औजारको सरसफाई र सोको समेत पूजा गर्ने परम्परा रहि आएको छ ।