हेटौंडामा पनि मनाईयो संविधान दिवस

हेटौडा न्युज
३ आश्विन २०७६, शुक्रबार १५:४९
;

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज प्रदेश ३ को राजधानी हेटौंडामा पनि भव्य रुपमा मनाईएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथिका रुपमा उपस्थिति रहेको थियो । भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट झाँकी सहितको र्याली नगर परिक्रमा गर्दै मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा औपचारिक कार्यक्रम गरिएको थियो ।  
र्यालीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, क्याम्पस, विद्यालय लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । राजधानी हेटौंडा नगरका प्रमुख सडक किनारमा नेपालको राष्ट्रिय झण्डा फहराईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*