सीमा चौकमा पतञ्जलीको दीप प्रज्वलन

हेटौडा न्युज
४ आश्विन २०७६, शनिबार ०१:१३
;

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज साँझ हेटौंडाको सीमा चौकमा दीप प्रज्वलन गरिएको छ । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा सो दीप प्रज्वलन कार्यक्रम गरिएको हो । समितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता रहेको थियो । 
""आज दिनैभरि आश्विन ३ गते देशैभर संविधान दिवस हर्षोल्लासका साथ मनाईएको थियो भने, प्रदेश ३ को राजधानी हेटौंडामा पनि भव्य रुपमा मनाईएको थियो । दिवसका अवसरमा आज सरकारी, गैरसरकारी संघसंस्थाहरुमा दीपावली मनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*