राँगाले आतङ्क मच्चाएपछि गोली हानेर ढालियो ।

काठमाडौंमा उपत्यका भन्दा बाहिरबाट ल्याँइएको राँगाले आतंक मच्चाएपछि गोली हानेर मारिएको छ । मालबाहक ट्रकमा ल्याईएको राँगो कालिमाटी पुर्याएपछि ट्रकबाट हामफालेर भागेको थियो । कालिमाटीबाट स्वयम्भुको सडक हुँदै न्युरोडसम्म आतङ्क मच्चाउँदै दौडिएपछि प्रहरीले न्युरोड गेट नजिक गोली हानेर मारेको हो । राँगो आत्तिएकाले मानिसलाहरूलाई घाईते बनाउँदै दौडिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । राँगोले केही सवारी साधनमा पनि क्षति पुर्याएको छ । बिहानै यो घटना भएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।