"अञ्चल अस्पलतालमा छड्के" जिल्ला प्रशासन कार्यालय अगाडिकै अञ्चल अस्पतालमा छैनन् कर्मचारी

एमपी शर्मा
सामान्यतया सरकारी कार्यालयमा कर्मचारीहरु बिहान दश बजे कार्यालयमा उपस्थित हुनु पर्ने नियम छ । यदि उपस्थित हुन नसक्ने भए वा बिदामा बस्नु परे बिदा स्वीकृत गराएर मात्रै बिदामा बस्न पाईन्छ । तर हेटौडाको अञ्चल आयुर्वेदीक अस्पतालमा यो नियम पालना भएको पाईएन । त्यहाँ आज बिहान १० बजे हेटौंडा न्युजले गरेको छड्के जाँचमा न कर्मचारी समयमा कार्यालयमा उपस्थित भएको पाईयो, न त बिदा नै स्वीकृत गरेर बिदामा बसेको पाईयो ।
बिहान ११ बजे हाम्रो छड्के टोली कार्यालयमा पुग्दा २ जना कर्मचारी मात्रै कार्यालयमा भेटिए जबकी यो कार्यालयमा हाल ७ जना कर्मचारी कार्यरत रहेका छन । आज कार्यालयमा कविराज निरीक्षक अमिन्द्र कुमार पण्डित र कार्यालय सहायक केशबप्रसाद पोखरेल बिरामीलाई औषधी बितरण गरिरहेको भेटिए ।
कार्यालयमा हामीले अरु कर्मचारी हुनु हुन्न ? भनेर सोध्दा अमिन्द्रकुमार पण्डितले सह लेखापाल शकुन्तला पराजुली कार्यालय कामले बाहिर निस्किएको र अरु तीन जना बिदामा बसेको बताए पनि स्वीकृत बिदाको निवेदन देखाउनै सकेनन् । हाजिरी पनि देखाउन नमिल्ने भन्दै अन्य कर्मचारीको अनुपस्थितिको ढाकछोप गरेका थिए । यस बाट प्रस्टै हुन्छ की अञ्चल आयुर्वेर्दीक औषधालयमा कर्मचारी समयमै उपस्थित हुदैनन् र आफु खुसी बस्ने गरेका छन । कार्यालय प्रमुख बिदामा बस्दा निमित्त प्रमुखको जिम्मेवारी तोकेर जानु पर्छ तर यो कार्यालयमा त्यसो भएको पनि पाईएन । छड्के टोली अञ्चल आयुर्वेदीक औषधालयको कार्यालयमा पुग्दा निमित्त कार्यालय प्रमुख बैकुण्ठ आचार्य , बिश्वराज घिमिरे , हरिबहादुर अधिकारी र धर्मेन्द्रप्रसाद पोखरेल कार्यालयमा अनुपस्थित देखिए । रोगजाँच, औषधी बितरण, थेरापी, पञ्चकर्म अन्र्तगत सिरो धारा लगायतको उपचार सेवा प्रदान गर्दै आएको यस औषधालयमा बिरामीहरु चाप बढेपनि कार्यालयमा सेवा दिने कर्मचारी नहुँदा सेवा लिन पुगेकाहरु त्यसै फर्किन बाध्य पारिएका छन् । बिरामीले पाउने निशुल्क औषधि नपाउँदा निजी औषधि पसलमा किन्नु पर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन ।