हेटौंडा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा, ट्राफिक प्रहरी पैसा र रिचार्जकार्ड मै मस्त

हेटौडा न्युज
९ आश्विन २०७६, बिहीबार ०५:०४
;

एमपी शर्मा
ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नजिकैदै गरेको चाडवाडलाई लक्षित गर्दै हेटौंडाको बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । सहायता कक्षको आज जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष किताब सिंह लामाले संयुक्त रुपमा शुरुवात गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक भट्टराईले चाडवाडमा यात्रुहरु ठगिने गरेकोले यात्रु सहायता कक्षको स्थापना गरिएको बताएका छन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष सालिकराम पुडासैनी, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी, सामुदायिक सेवा उप केन्द्र हेटौंडा १० बसपार्कका अध्यक्ष प्रदिप कंडेल, नारायणी यातायात हेटौंडा बसपार्क इन्चार्ज रमेश कुइकेल वडा सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 
केही दिन अघि स्थापना गरिएको हेटौंडा–१ चौकिटोलको सहायता कक्षमा आज हामी पुग्दाको दृश्य 
""गत वर्ष जस्तै यसवर्ष पनि यहाँ यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुका लागि सहहायता कक्ष गतवर्ष पनि स्थापना गरेर एक दर्जन प्रहरी सहायता कक्षमा बसेपनि यात्रुहरु दोब्वर भाडा तिरेर हेटौंडा काठमाडौ ओहोर–दोहोर गर्न बाध्य भएका थिए । तर, त्यहाँ बसेका प्रहरी टुलुटुलु हेरेर मात्र वस्ने गरेका थिए । हेटौंडाबाट काठमाण्डौ जानका लागि ४ सय ५० रुपैयाँ भाडा भएपनि एक हजार रुपैयाँसम्म यात्रुसंग भाडा लिएका भएपनि कुनै कार्वाही गर्न नसकेको प्रशासनलाई आरोप लागेको थियो । आज हामी पुग्दा सहायता कक्ष सञ्चालन रहेको चौकीटोलको संयुतm सुमो काउण्टरमा टिकट काट्नु पर्नेमा अन्यत्रबाट टिकट काटी यात्रु चढाएको पाईए पनि कार्बाही गर्ने ट्राफिक प्रहरी कै आँखा अगाडी सडकमा यात्रु तान्दै टिकट काटिरहेकालाई भने ट्राफिक प्रहरी मुकदर्शक बनिरहेको प्रष्टै देख्न सकिन्थ्यो । यात्रुले यात्रामा दुख नपाउन भनेर प्रहरीले संयुतm सुमो काउण्टरमा यात्रु सहायता कक्ष स्थापना गरेकोे भए पनि यात्रुको समस्यामा मुकदर्शक बन्ने गरेको पाईएको थियो । प्रहरी भने उजुरी गरेमात्रै कार्बाही हुने भन्दै आएको छ । 

""आज हामी सो वरपर पुग्दा पिपलबोटमा टिकट काट्ने र सहकारी अस्पताल, सिटी अस्पतालको बाटो छेऊमा राखिएको सुमोमा यात्रु चढाईएको समेत देखिएको भएपनि प्रहरी भने मौन रहेको थियो । यतिमात्र होईन ट्राफिक ब्यबस्थापनमा खटिने ट्राफिक प्रहरीनै सुमो संचालकहरुसंग पैसा माग्ने गरेको र नदिए बिभिन्न बहानामा दुख दिने गरेको सुमो ब्यबसायीहरुले हामीसँग गुनासो गरेका छन् । (उनीहरुले बोलेको आवाज र दृश्य हामीसँग छ, उनीहरुको आग्रह अनुसार हामीले गोप्य राखेका छौं) । प्रहरीले आफुहरुसंग पैसा र रिचार्ज कार्ड माग्ने गरेको त्यो दिन बाध्य भएको नाम नबताउने शर्तमा हामीलाई हेटौंडा न्युज डटकमसँग एक सुमो ब्यबसायीले गुनासो गरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*