हेटौंडा बजार अनुगमन, अनुमति बिना प्याकिङ्ग गरिएका खाद्य सामग्री भेटियो

हेटौडा न्युज
१३ आश्विन २०७६, सोमबार २१:५३
;

आज हेटौंडामा नजिकिदै गरेको दशैं लक्षित खाद्य स्टोर्सहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । आज दिउँसो हेटौंडा बजारमा विभिन्न किराना पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको थियो । बजार अनुगमनमा हेटौंडा–४ स्कुलरोडमा रहेको हिरालाल किराना स्टोर्सबाट प्याकिङ अनुमति बिना नै दाल, चिनी, मैदा लगायतका खाद्यान्न प्याकिङ गरी बिक्रीका लागि राखिएको पाईएको थियो ।

""अनुगमन टोलीले उत्पादन तथा उपभोग्य मिति समेत नभएका ती सामग्रीहरुको नमुना संकलन गरेर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको अनुगमन टोली संयोजक सोमकान्त रिजालले जानकारी दिएका छन् । रिजालका अनुसार आज हेटौंडा बजारका ७ वटा भन्दा बढी किराना स्टोर्समा अनुगमन गरिएको जनाएका छन् । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका कर्मचारी, उपभोक्ता अधिकारवादी संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । चाडपर्वमा विभिन्न खाद्य सामग्रीहरुमा मिसावट हुने, बढी मूल्यमा बिक्री गरिने सम्भावना रहेकाले सम्बन्धित निकायले हेटौंडामा केही दिनदेखि विभिन्न क्षेत्रको अनुगमन गर्दै आएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*