सिआईटीले हेटौंडामा आईटी कलेज शुरु गर्ने

हेटौडा न्युज
१६ आश्विन २०७६, बिहीबार ०२:४२
;

विगत १ दशक भन्दा बढी समयदेखि हेटौंडामा कम्प्युटरसँग सम्बन्धित कक्षाहरु सञ्चालन गर्दै आएको सिआईटी (कलेज अफ इन्फर्मेसन एण्ड टेक्नोलोजी) ले आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ । सिआईटिका अध्यक्ष रमेश रिजालको अध्य्क्षतामा आज हेटौंडामा नजिकिदै गरेको बडादशैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान सहित बार्षिकोत्सव कार्यक्रम गरेको हो । 
नेपाल टेलिकम हेटौंडाका बरिष्ठ इञ्जिनियर दिलिपकुमार बर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिआईटिका प्रवन्ध निर्देशक दिनेश रिजालले ११ बर्षसम्म हेटौंडामा रहेर कम्प्युटर र आइटी क्षेत्रमा गरिएको गतिविधि र भावी योजनाका बारे बताएका थिए । हाल इन्स्टिच्युटका रुपमा रहेको सिआईटीका प्रबन्ध निर्देशक रिजालले हेटौंडामा अब छिट्टै नै पोखरा युनिभर्सिटीबाट मान्यता लिएर आइटी कलेजको स्थापना गर्ने तयारीमा आफूहरु रहेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि बर्माले डिजिटल नेपाल बनाउनका लागि यससँग सम्बन्धित जनशक्ति उत्पादनको खाँचो रहेकाले यस क्षेत्रमा आउनेहरुका लागि उज्वल भविष्य रहेको बताएका छन् । कार्यक्रममा क्यान महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले मकवानपुर जिल्लालाई आइटी क्षेत्रमा अब्बल बनाउन क्यान हरदम लागिपर्ने बताएका थिए । 
""कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, शिक्षा सेवी देव श्रेष्ठ, विभिन्न सञ्चार गृहका सञ्चारकर्मी, सिआइटीमा अध्ययनरत प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो । सिआईटीले हालसम्म करीब ७ हजार जनालाई कम्प्युटर सम्बन्धि तालिम प्रदान गरिसकेको जनाएको छ । बार्षिकोत्सवको अवसरमा हिजो गोरक्षेश्वर मन्दिर परिसरमा रहेको संस्कृत वेद विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्यान्न तथा शैक्षिक सामग्री वितरण समेत गरेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*