निर्माण व्यवसायी संघको चियापान, गुणस्तरीय निर्माणका लागि मन्त्री जमरकट्टृेलको आग्रह

हेटौडा न्युज
१६ आश्विन २०७६, बिहीबार १६:५१
;

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा विजयादशमी, तिहार, छठ तथा नेपाल सम्वत ११४० को अवसरमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष श्याम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले सम्बोधन गर्दै निर्माण व्यवसायीले ठेक्का लिंदा घटाघटमा लिंदा निर्माण कार्य गुणस्तरहिन भएको जीकिर गरेका छन् । उनले धेरैजसो निर्माण योजना तोकिएको समयभित्र नसकिएकाले यसका कारण सहित व्यवसायीले सरकारकारलाई सुझावदिन आग्रह गरेका छन् । 
कार्यक्रममा संघका अध्यक्ष ढकालले विद्यमान खरीद ऐनले व्यवसायीलाई समस्यामा पारेकाले यसको निराकरणका लागि सरकारसँग आग्रह गरेका थिए । 
अग्नि पीडितलाई रकम हस्तान्तरण
""आज सम्पन्न कार्यक्रममा कैलाश गाऊँपालिका वडा नम्बर १० मा आफ्नो घरगोठ आगालागीबाट नष्ट भएका प्रताप वाईबालाई सो वडाका वडा अध्यक्षको रोहबरमा संघले ५० हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ । त्यस्तै बालबालिकाहरुको क्षेत्रमा कार्य गर्दै आएको ग्रामीण सुधार मञ्चलाई करीब १ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको छ । सो संस्थामा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरिएको संघले जनाएको छ । 
कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहानगर नगरपालिकाका मेयर लबशेर विष्ट, हेटौंडा सिमेण्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपाने लगायत निर्माण व्यवसायी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*