हराएका मोबाईल प्रहरीले भेट्टाएर मोबाईल धनीलाई जिम्मा लगायो

हेटौडा न्युज
१६ आश्विन २०७६, बिहीबार २०:२०
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका १६ थान मोबाईल सम्बन्धित मोबाईल धनीलाई जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालयको सूचना प्रविधि शाखाबाट खटिएको टोलीले हराएका मोबाईल फेला पारेको हो । आफ्नो मोबाईल हराएपछि जिल्ला प्रहरी कार्यालयमा मोबाईल खाजी गर्न दिएको निवेदनको आधारमा प्रहरीले विभिन्न प्रविधि प्रयोग गरी हराएका मोबाईल रहेको स्थान, मोबाईल भेट्टाएपछि प्रयोग गरेको नम्बरको आधारमा खाजी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
""जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका मध्ये खोजी गर्दा भेटिएका मोबाईल धनीलाई मोबाईल हस्तान्तरण गरेको थियो ।  प्रहरीका अनुसार हराएर भेटिएका मोबाईलहरु प्रति मोबाईल बजार मूल्य १२ हजार रुपैया देखि ५५ हजार रुपैया सम्म पर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत ८ महिनाको अवधिमा १ सय १४ थान हराएका मोबाईलहरु फेला पारेको प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले जनाएका छन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*