हेटौंडाको साह मेडिकल हलमा प्रशासनको शिलबन्दी

हेटौडा न्युज
३ कार्तिक २०७६, आईतवार २२:३२
;

हेटौंडा–५ सानोपोखरामा रहेको साह मेडिकल हल (औषधि पसल) लाई जिल्ला प्रशासन कार्यालयले आज शील गरेको छ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य चौकीहरुमा निशुल्क रुपमा वितरण गर्न पठाईएका औषधिहरु औषधि पसलमा बिक्री गरिरहेको भेटिएपछि प्रशासनले शील गरेको हो । सो औषधि पसलले “निशुल्क वितरण” भनेर लेखिएको अक्षरलाई कालो मसीले मेटाई बिक्री गरिएको भेटिएको हो । 
""अनुगमनका क्रममा सो औषधि पसलमा ठूलो परिणाममा निशुल्क वितरण गरिने विभिन्न प्रकारका सरकारी निशुल्क औषधिहरु समेत भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधि, वडा प्रहरी कार्यालय, उपभोक्ता हित अधिकारकर्मी, पत्रकारहरुको संयुक्त अनुगमनका क्रममा सो औषधिहरु भेटिएको थियो ।

अनुगमनका क्रममा सो औषधि पसलले दर्ता, अनुमति नै नलिई क्लिनिक सञ्चालन गरेको, अस्पतालमा मात्रै राख्न पाईने निलो भुईमा सेतो अक्षरमा “एच” लेखिएको लोगो समेत प्रयोग गरी भ्रम सृजना गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका नायबसुब्बा सहदेव आचार्यले जानकारी दिएका छन् । ""

अनुगमनमा भेटिएका स्वास्थ्य चौकीका सरकारी औषधि कहाँबाट ल्याईएको हो भन्नेबारे समेत अनुसन्धान गरिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष बासु खतिवडाले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*