गाँजा ओसार्न ज्याकेटको प्रयोग, प्रहरी नै चकित

हेटौडा न्युज
५ कार्तिक २०७६, मंगलवार २२:३१
;

मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक महानन्दप्रसाद कुर्मीको नेतृत्वको प्रहरी टोलीले बीरगञ्जतर्फ जाँदै गरेको ना. ५५ प ६०२५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सो मोटरसाईकलको पछाडी बसेका पर्सा जिल्ला, बहुहामाई नगरपालिका वडा नम्बर १ का असलम देवानले कपडाको ज्याकेटमा त्यसभित्र ४ केजी लागूऔषध गाँजा लुकाईछिपाई लैजान लागेको भेटिएपछि मोटरसाईकल चालक सोही स्थानका शम्भु साह कलवारसहित पक्राऊ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्याकेट नै बनाएर गाँजाको ओसारपसार गरिएको विधि अनौठो रहेको जनाएको छ । 
पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ कमोजिम १ देखि ३ बर्ष सम्म कैद तथा ५ हजार देखि २५ हजार रुपैयासम्म जरिवाना सहित लागूऔषध ओसारपसारमा प्रयोग भएको सवारी समेत जफत हुने जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् । 
""आजै मकवानपुर प्रहरीले प्रहरी सहायक निरीक्षक लक्ष्मण थापा मगर नेतृत्वको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५, भोर्लेबाट लागूऔषध नाईट्रोसन १ सय १० थान सहित सोही स्थानका रवीन्द्र गोलेलाई पक्राऊ गरी सार्वजनिक गरेको छ । पक्राऊ परेका गोलेलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ देखि १० बर्षसम्म कैद र १ देखि २० लाख सम्म जरिवाना हुने जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा पक्राउ गरेकाहरुलाई सार्वजनिक गरेको थियो ।   
 

यसमा तपाइको मत

Your email address will not be published.


*