राप्ति खोलामा बन्ने भयो पक्की पुल
हेटौंडा उपमहानगरपालिकाको राप्ति खोलामा वडा नं ११ र १२ लाई जोड्ने पक्की पुल निर्माण हुने भएको छ । प्रदेश ३ को भौतिक पूर्वधार विकास मन्त्रालयको परियोजना अन्तर्गत सो पक्की पुल निर्माण हुने भएको हो । करीब २ सय १५ मिटर लम्बाई र ११ मिटर चौडाइको हुने सो पक्की पुल आगामी ३ वर्षभित्र निर्माण गरिने बताईएको छ ।
गत आश्विन २७ गते ठेक्का प्रक्रिया मार्फत काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिएका छन् । करीब २६ करोड ४१ लाख ८७ हजार २ सय रुपैयाको लागतमा काम सम्पन्न गर्ने गरि एलिट कन्स्ट्रक्सन कम्पनी प्रा.लि. सुकेधारा, काठमाडौले निर्माणको जिम्मा लिएको छ । सो पुल निर्माण पछि हेटौंडा ११ र १२ का स्थानीयहरुलाई आवतजावत गर्न सहज हुने बताईएको छ ।