यौनहिंसा गरेको भन्दै गौतमको विरुद्ध यूवाहरुले ज्ञापनपत्र बुझाए

हेटौडा न्युज
१८ कार्तिक २०७६, सोमबार १९:४१
;

सामाजिक सञ्जालमा यौन हिंसाजन्य कार्य गरेको भन्दै युथ अफ हेटौंडाले आज जिल्ला प्रशासन कार्यालय, मकवानपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । विशाल गौतम नाम गरेका व्यक्तिले सामाजिक सद्भावमा खलल पुग्ने गरी इशाराका माध्यमबाट यौन जन्य कार्य गरेको भन्दै उनलाई कानुनी दायरामा ल्याउनका लागि युथ अफ हेटौंडाले प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।
मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २२४ अनुसार शब्द, चित्र, ईशारा र संकेतका माध्यमबाट अस्वभाविक, अवाञ्छित वा अमर्या्दित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिने उल्लेख गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी गौतमले मिम नेपाल नामको फेसबुक पेजबाट पोष्ट गरेको सो श्रव्यदृश्य सामग्रीबाट समग्र युवा पुस्ताले हिंसाको अनुभुति गरेकोले सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम लगायतबाट सामग्री हटाउन लगाई निजलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्नका लागि विज्ञप्तिमार्फत माग गरिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*