भ्रमण बर्ष प्रबद्र्धनमा शहीद स्मारकले बिशेष कार्यक्रम गर्ने

हेटौडा न्युज
१९ कार्तिक २०७६, मंगलवार ०१:५४
;

हेटौंडा स्थित शहीद स्मारक विकास समितिले भ्रमण बर्ष २०२० सफल बनाउन प्रबद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । स्मारक समितिले अनन्त पौडेलको संयोजकत्वमा भ्रमण बर्ष २०२० प्रबद्र्धन समिति गठनको निर्णय गरेको छ । प्रबद्र्धन समिति मार्फत शहीद स्मारक सम्बन्धि विभिन्न जानकारीमूलक प्रचारप्रसार गर्दै बाह्य तथा आन्तरिक पर्यटनलाई बढावा दिने कार्यक्रमहरु गरिने संयोजक पौडेलले जानकारी दिएका छन् । 
""स्मारक समितिको आज बसेको बैठकले रजत जयन्ती समारोह समिति, भौतिक पूर्वाधार निर्माण समिति, प्रचारप्रसार समिति, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र व्यवस्थापन समिति, वातावरण तथा सरसफाई समितिका लागि संयोजक चयन पनि गरिएको जानकारी दिईएको छ । गत कार्तिक १६ गतेको १३ औं परिषद बैठकबाट निर्वाचित समितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरिएको प्रचारप्रसार समितिका संयोजक नवीन सिग्देलले जानकारी दिएका छन् ।

स्मारक समितिले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बार्षिक करीब ४ लाख आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको जानकारी गराएको छ । शहीद स्मारकसँग जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक क्षेत्रलाई जोड्न सकेमा समग्र जिल्लाले फाईदा लिन सक्ने हुनाले यस तर्फ शहीद स्मारक व्यवस्थापन समितिले आफ्नो कार्य योजना बनाएको धारणा व्यक्त गरिएको थियो ।

""प्राकृतिक बन क्षेत्र भित्र करीब २५ बर्ष अगाडी निर्माण थालिएको सो स्मारक क्षेत्रमा पछिल्लो समय बनभोज, सामुदायिक वनको अध्ययन भ्रमण तथा विदाको सदुपयोगका लागि सर्वसाधारणहरु आउने गरेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*