मासु किन्ने विवादमा श्रीमतिको हत्या

सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ आफ्नै श्रीमान्ले बञ्चरो प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । सो वडाका रामबाबु पासवानले श्रीमती कवितादेवी पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जनाएका छन् । आज बुधबार बिहान पासवानकी श्रीमतिले मासु किन्न पैसा मागेको तर श्रीमान पासवानले पैसा नदिदा शुरु भएको विवादले हत्याको रुप लिएको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि पासवान फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता बोहोराले जनाएका छन् ।