गाँजा फडानीका लागि डिएसपी राक्सिराङ्ग पुगे

हेटौडा न्युज
२१ कार्तिक २०७६, बिहीबार २३:५०
;

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाईएको गाँजा खेती नष्ट गर्ने क्रममा आज पनि सो गाउँपालिकामा प्रहरी पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अबैध रुपमा खेती गरिएको लागूऔषध गाँजा खेती नष्ट गर्न सो क्षेत्रमा प्रहरी पुगेको हो । मनहरी इलाका प्रहरी कार्यालयको समेत समन्वयमा आज राक्सिराङ्गको वडा नम्बर–१ सबरा र बेल्टारको गल्छिराङ्गमा गरी करीब साढे तीन बिगाहमा लगाईएको गाँजाखेती नष्ट गरेको छ । 
""प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट ३० जना, इलाका प्रहरी कार्यालय मनहरीबाट १५ जना, सशस्त्र प्रहरी बलबाट २१ जना, दङ्गा नियन्त्रण प्रहरी गणबाट १५ जना गरी ८१ जना प्रहरी ५ दिनसम्म आजबाट सो क्षेत्रमै रहने गरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन् । 
प्रहरीले गाँजा फडानीका साथै स्थानीयहरुलाई गाँजाखेतीबाट समाजमा हुने नकारात्मक प्रभाव र प्रचलित कानूनका बारेमा जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*